काठमाडौं । नेपाली काँग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठक अहिले पार्टी कार्यालय सानेपामा भईरहेको छ ।
पार्टी कार्यालय सानेपामा क्रियाशील सदस्यता छानबिन समितिका सदस्यसँग छलफल गर्न बैठक बसेको हो ।
आजको बैठकले समसामयिक विषयमा छलफलका लागि केन्द्रीय कमिटी बैठकको माग गर्ने बताइएको छ ।
क्रियाशील सदस्यता वितरण र नवीकरणको सूची बुझाउने मिति नजिकिएसँगै केन्द्रमा छलफल हुन लागेको कांग्रेसले जनाएको छ ।
क्रियाशील सदस्यता सम्बन्धमा विवादित जिल्लाबारे शीर्षस्थ नेताहरूसँगको छलफलबाट छानबिन समितिले निकास माग गरेको छ ।
+977-9841153865
Address:
Kathmandu , Nepal2020 - 2024 Globalonlinekhabar.com
Designed by: Goji Solution