काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) सदस्यता थप अभियान शुरु गर्ने भएको छ ।
वाइसिएलले देशभरमा एक लाख ६५ हजार सदस्यता थप गर्ने भएको हो। चैत ४ र ५ गते सम्पन्न बैठकले प्रत्येक निर्वाचन क्षेत्रमा एक हजारका दरले सदस्यता थप गर्ने निर्णय गरेको थियो।
सदस्यता वितरण चैत महिनाभित्र गरिसक्ने निर्णय भएको वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले जनाएका छन्।
त्यस्तै, बैठकले राष्ट्रिय भेला आगामी जेठ २८ देखि ३० सम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ। जसका लागि इकाई, स्थानीय तह र जिल्ला भेला बैशाखभित्र सम्पन्न गर्नेछ । त्यस्तै प्रदेश भेला जेठ २० सम्म गर्ने कार्यतालिका बनाएको छ।
स्थानीय तह, जिल्ला तथा प्रदेश भेलाहरुबाट राष्ट्रिय भेलाका लागी प्रतिनिधिहरु छनौट गरिनेछ । छनौट भएका प्रतिनिधिहरु नै राष्ट्रिय भेलाका प्रतिनिधिहरु हुनेछन् । प्रतिनिधि छनौट प्रक्रियाका लागी संगठनात्मक कार्यविधि जारी भैसकेको छ ।
माउ पार्टी नेकपा माओवादी केन्द्र र एमालेबीच एकता भई बनेको नेकपाको एकता भंग गराउन सफल एकताविरोधी गैर कम्युनिष्ट प्रवृत्तिको भण्डाफोर गर्ने वाइसिएलका अध्यक्ष सापकोटाले बताए।
+977-9841153865
Address:
Kathmandu , Nepal2020 - 2024 Globalonlinekhabar.com
Designed by: Goji Solution