कैलाली । कैलालीको टीकापुर नगरपालिका–१ मुनुवा रोडको खाद्य गोदाम नजिक आइतबार बम फेला परेको छ ।
बाटोको किनारमा जेसिबीले नाली खन्ने क्रममा खाद्य गोदाम नजिकै बम फेला परेको हो । त्यहाँ फेला परेको बम नै भएकाले निस्क्रिय पार्नका लागि नेपाली सेनाको गोराँगे ब्यारेकलाई खबर गरिसकिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
फेला परेको बम सशस्त्र द्वन्द्वका बेला राखिएको हुनसक्ने आशङ्का गरिएको छ । प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिइसकेको छ ।
आज बिहान सेनाको बम डिस्पोजल टोली टीकापुर आउने इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमलाई उद्धृत गर्दै राससले जनाएको छ ।
+977-9841153865
Address:
Kathmandu , Nepal2020 - 2024 Globalonlinekhabar.com
Designed by: Goji Solution