काठमाडौं । नेकपा एमालेका माधव नेपाल समूहले युवा संघ नेपालले चैत्र ७ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको छ ।
नेपाल र खनाल नेतृत्वको नेकपा (एमाले) निकट युवा संघ नेपालले चैत ७ गते राष्ट्रिय कार्यकर्ताको भेला गर्ने शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
राष्ट्रिय सभागृहमा हुने भेलालाई पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्ने कार्यक्रम तय भएको युवा संघले जानकारी दिएको छ ।
राष्ट्रिय कार्यकर्ता भेला आयोजक कमिटीका संयोजक नरेश शाहीले चैत ७ गते आयोजना गर्ने ‘राष्ट्रिय भेला’ को सम्पूर्ण तयारी पुरा भएको बताए । देशमा विकसित भएको राजनितिक घटनाक्रमले युवा आन्दोलनलाई पुनर्गठित गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाई छ ।
उनले परिवर्तित अवस्थामा युवा संघलाई पुनर्गठन र सृदृढिकरण गर्नुपर्ने आवश्यकतालाई बोध गर्दै युवा संघ नेपालको राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्न लागेको जानकारी दिए ।
संघले जनाए अनुसार भोलि हुने भेलामा केन्द्रीय कमिटी सदस्य, निकायका सदस्य, विभागका सदस्य, जिल्ला तथा महिला विभागका प्रमुख लगायतको पदाधिकारीहरुको सहभागिता हुनेछ ।
Regd No : 307169/079-080
Address: Gokarneshwor -8,Kathmandu.
E-mail: [email protected]
Phone: 9841153865