काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा नदिएको प्रति माओवादी केन्द्रले आपत्ति जनाएको छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै माओवादी केन्द्रकी सांसद पम्फा भुसालले प्रधानमन्त्री ओलीमा नैतिकता नभएको आरोप लगाइन् । “बोली चिप्लिएकै आधारमा एक मन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुभयो । प्रधानमन्त्री नैतिकता देखाउनु नपर्ने ? अझै जिताहा जस्तो ।”
प्रधानमन्त्री ओलीलाई पार्टीले दलको नेता बनाएको तानाशाहा बनाउन नभएको सांसद भुसालले टिप्पणी गरिन् । पार्टी बैठक बोलाउन आग्रह गरेपनि बैठक नबोलाउने तथा बैठक भए आउँदै नआउने प्रवृति ओलीमा रहेको उनले बताइन् ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।