५ चैत, काठमाण्डौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिलेको अवस्थामा मुलुकलाई निकास दिनका लागि कांग्रेसले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
बिहीबार काठमाडौं २९ घट्टेकुलोस्थीत प्रहरी बिट उद्घाटन गर्दै नेता सिंहले वर्तमान अवस्थामा सरकारको नेतृत्व कांग्रेसले गर्नुपरे पनि पछि हट्न नहुने बताउनु भएको हो ।
जनताले कम्युनिष्टलाई म्यान्डेड दिएपनि कम्युनिष्ट सरकार असफल देखिएको नेता सिंहको भनाई छ ।
उहाले संविधान विरोधी र लोकतन्त्र विरोधी काम गर्ने प्रधानमन्त्री ओलीको सरकारलाई छिटो भन्दा छिटो हटाउनुपर्नेमा जोड दिनुभयो । ५ बर्षको म्यान्डेड पाएको दलले सरकार चलाउन नसकेको वर्तमान अवस्थामा अर्को सरकार बनाएर बाकी समयमा निर्वाचनको तयारी गर्नुपर्ने आफुहरुको धारणा रहेको उहाले बताउनुभयो ।
राजनीतिलाई सेवा भन्दा पनि स्वार्थ केन्द्रीत गर्दा जनतामा निराशा छाएको नेता सिंहको भनाई छ
-रेडियो काठमांडू
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।