काठमाडौं । नेपाली कांग्रेसले सरकारले ल्याएका अध्यादेशबारे सदनमा विरोध जनाउँदै संसद बहिष्कार गरेका छन् ।
नेपाली कांग्रेसले सरकारले ल्याएका अध्यादेश असंवैधानिक रहेको भन्दै सदनमा विरोध जनाएको हो ।
सदनमा अध्यादेश प्रवेश गर्न नसक्ने भन्दै सचेतक बालकृष्ण खाँडले अविलम्ब अध्यादेश फिर्ता लिनसमेत माग गरेका छन् ।
कांग्रेस सांसदहरुले नाराबाजी समेत गरेका छन् । नाराबाजीका बीच कानुनमन्त्री लिलानाथ श्रेष्ठले सदनमा अध्यादेश पेश गरेका छन् ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।