काठमाडौं : नेकपा प्रचण्ड-माधव समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चयन गरेको छ ।
शुक्रबार प्रचण्ड-माधव समूहको सिंहदरबारमा बसेको संसदीय दलको बैठकले दलको नेताबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर प्रचण्डलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।
संसदीय दलको जेष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा बसेको बैठकले अदालत र जनताको मर्म विपरित ओली प्रधानमन्त्रीको पदमा बसिरहने कार्य निन्दनीय र अलोकतान्त्रिक भएको ठहर पनि गरेको छ ।
बैठकले देशलाई राजनीतिक निकास दिने कार्यमा अग्रसर हुन सबै राजनीतिक दल तथा सांसदहरुलाई आह्वान पनि गरेको छ ।
बैठकमा प्रचण्डले प्रधानमन्त्री ओली पदमा बसिरहनु निन्दनीय भएको भन्दै राजीनामा नदिए अविश्वासको प्रस्तावबाट हटाइने बताए ।
वरिष्ठ नेता झलनाथ खनालले संसदीय दलको बैठकमा १ सय ११ जना सांसदले हस्ताक्षर गरेको भन्दै आफ्नो पक्षमा अत्याधिक बहुमत रहेको दावी गरे ।
संसदीय दलको बैठकले फागुन १८ गते ताप्लेजुङमा भएको आगलागी पीडितहरुको उद्धार र राहतको माग समेत गरेको छ ।
त्यसैगरी बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शान्तिपूर्ण बाटोमा लाग्न गरेको निर्णयलाई स्वागत पनि गरेको छ ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।