बौद्ध प्रहरी वृत र जोरपाटी प्रहरी विटले विभिन्न स्थानबाट संकलित अवैध घरेलु मदिरा नष्ट गरेको छ । स्थानीय जनप्रतिनिधिको रोहबरमा बरामद गरेको १० हजार लिटर मदिरा प्रहरीले नष्ट गरेको हो ।
काठमाडौको गोकर्नेश्वोर नगरपालिका वडा न ५ जोरपाटी स्थित सुन्दर टोलमा अवैध रुपमा उत्पादन गरेर राखेको मदिरा नष्ट गरिएको बौद्ध प्रहरी वृतका प्रहरी नायव उपरीक्षक नबिन कार्कीले बताए ।
तयारी अवस्थाको ३ हजार लिटरभन्दा बढी अवैध घरेलु मदिरा बरामद गरेर नष्ट गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए । उनले भने, ‘मदिरासहित प्लाष्टिकको ड्रम, हण्डी, सिलिण्डरलगायतहरु सामानहरु पनि बरामद भएको छ ।
प्रहरी नायव उपरीक्षक कार्कीलका अनुसार घरेलु मदिरा बिक्रीवितरण गर्ने जोकोहीलाई पनि कानुनको दायरामा ल्याइ कारवाही गरिनेछ ।
मदिरा निर्माण गर्ने व्यक्तिहरु फरार रहेका छन | मदिरा कस्ले बनाउने र वितरण गर्ने गरेको थियो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।