२० फागुन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ताहरुको टोलीले आज लाप्राक नमूना वस्ती परियोजनाको अवलोकन गरेका छन् । बिहिबार नेपाली समय अनुसार बिहान १० बजे अभियन्ताहरुको टोली लाप्राक नमूना वस्ती पुगेको थियो । अहिले परियोजनाका कार्यहरु अन्तिम चरणमा पुगेको छ । २०७८ बैशाखको पहिलो हप्ता सम्ममा निर्माण कार्य सम्पन्न गरी वैशाख १२ गते नमूना वस्ती लाभग्राहीहरुलाई एक भव्य कार्यक्रम गरी हस्तान्तरण गरिने योजना रहेको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष तथा लाप्राक नमूना वस्ती परियोजनाका संयोजक सोनम लामाले परियोजना निर्माणले पूर्णता पाएपछि एनआरएनको कार्य विश्व समुदाय माझ एक उत्कृष्ट नमूना बन्ने बताउनु भयो । लामाले यस परियोजनाको सफलताले सबै गैरआवासीय नेपालीहरुको सपना साकार भएको महशुस भएको बताउनु भयो । अब आउने २०७८ बैशाख १२ गते उक्त नमूना वस्ती हस्तान्तरण गर्ने योजना भएको हुँदा सो हस्तातन्तरण कार्यक्रममा सहभागिताका लागि लामाले आग्रह गर्नु भयो ।
लाप्राक नमूना वस्ती परियोजना अवलोकनमा राष्ट्रिय पुननिर्माण प्राधिकरणका सचिव मणिराम गेलाल, एनआरएनएका अध्यक्ष कुमार पन्त, संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो, पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछाने, सल्लाहकार कुल आचार्य, उपाध्यक्ष डा.बद्री केसी, एनआरएनएका उपाध्यक्ष सोनाम लामा, युरोपका क्षेत्रीय उपसंयोजक कृष्ण प्रसाद तिमिल्सिना, मध्यपूर्वका क्षेत्रीय उपसंयोजक मनोज गोरखाली, मध्यपूर्वका पूर्व क्षेत्रीय उपसंयोजक राजु शैयद, स्पेनबाट प्रतिनिधित्व गर्ने आइसिसि सदस्य चिन्तामणी सापकोटा, एनसिसिका युएसका निवर्तमान अध्यक्ष डा. केशव पौडेल, एनसिसि युएसएका उपाध्यक्ष बुद्धिसागर सुवेदी, परियोजनाका सहसंयोजक श्याम तामाङ लगायत स्थानीय जनप्रतिनिधिहरु, संचारकर्मी, लाभग्राहीहरुको उपस्थिती रहेको थियो ।
+977-9841153865
Address:
Kathmandu , Nepal2020 - 2024 Globalonlinekhabar.com
Designed by: Goji Solution