काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा न ५ जोरपाटी प्रहरी विटमा महानगरीय प्रहरी वृत बौद्ध र प्रहरी विट जोरपाटीको आयोजनामा शान्ति सुरक्षा लगायत अपराध अनुसन्धान तथा नियन्त्रण सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा महानगरीय प्रहरी वृत बौद्धका कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक नविन कार्की, गोकर्णेश्वर नगरपालिका वडा नं ५ का अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल, वडा नम्बर ८ का अध्यक्ष मनोज ढुंगाना, ट्राफिक प्रहरी वृतका प्रहरी निरीक्षक नवीन अधिकारी लगायतको आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, बुद्धिजीवी, शिक्षक–विद्यार्थी, स्थानीयवासीहरुको सहभागिता रहेको थियो ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।