गोकर्णेश्वर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद उपशाखाको आयोजनामा नगरस्तरीय ब्याटमिन्टन प्रतियोगिता सुरु भएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद उपशाखाको आयोजना तथा गोकर्णेश्वर नगरपालिका ब्याटमिन्टन समितिको संयोजनमा नगरस्तरीय ब्याटमिण्टन खेलाडी छनौट प्रतियोगीता गरिएको हो । प्रतियोगीता ४७ वटा टिमले भाग लिएका छन् । प्रतियोगीता फागुन २२ गते सम्म हुने आयोजकले बताएका छन् ।
मंगलबार प्रतियोगिताको उद्द्धाटन गोकर्णेश्वर नगरपालिकाका उपमेयर शान्ति नेपालबाट रेफ्रिलाई कक हस्तान्तरण गरि भएको थियो । उद्घाटन कार्यक्रमका प्रमुख अतिथी उपमेयर शान्ति नेपालले खेलकुदले शारीरिक मानसिक स्वास्थ्यको विकास गर्ने भएकोले नगरपालिका खेलकुदको विकासमा प्रतिबद्ध रहेको बताउनु भयो ।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले स्वास्थ्य नै धन रहेकोमा जोड दिनु हुँदै जनताको स्वास्थ्य र समाजको विकासको सम्वन्ध नङ मासुको जस्तै भएको बताउनु भयो । उहाँले खेलकुदले सिर्जनशीलता बढाउने र व्यक्तित्व विकासमा पनि सहयोग पुग्ने भएकोले नगरपालिकाले खेलकुदको विकासलाई जोड दिएको बताउनु भयो ।
गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण सुवेदीले खेलकुदले युवाहरुको विकास र स्वास्थ्यप्रति सचेतना बढाउनेमा जोड दिनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता विमल ठकुरी, गोकर्णेश्वर नगरपालिकाका वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल, वडा नं ७ का वडा अध्यक्ष केशव गुरुङ, वडा नं ८ का वडा अध्यक्ष मनोज ढुंगाना, गोनपा खेलकुद विकास समितिका अध्यक्ष सञ्जय लामा, नगरपालिकाका ब्याटमिन्टन विभाग प्रमुख दिपक लामा, नेपाल ब्याटमिन्टन संघका अध्यक्ष रामजी श्रेष्ठ, नयाँवस्ति युवा क्लबका अध्यक्ष रामकुमार तामाङ लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
गोकर्णेश्वर नगर ब्याटमिण्टन संयोजक सरोज पुडासैनीको सभापतित्वमा उद्द्धाटन समारोह भएको थियो भनें कार्यक्रममा स्वागत मन्तव्य राम नारायण शाहले राख्नु भएको थियो ।
Regd No : 307169/079-080
Address: Gokarneshwor -8,Kathmandu.
E-mail: [email protected]
Phone: 9841153865