काठमाडौँ- भारतमा १ करोड ११ लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ ११ हजार ५६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ११ लाख २३ हजार ६१९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ८० जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५७ हजार २७५ पुगेको हो ।
यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ७ लाख ९६ हजार ७८६ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ६९ हजार ७८६ छ ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।