काठमाडौं– दक्षिण एसियाका सात मुलुकहरुमध्ये नेपाल दोस्रो शान्त मुलुक भएको एक अध्ययनले देखाएको छ ।
ग्लोवल पिस इन्डेक्सले गरेको अध्ययनमा नेपाल दक्षिण एसियाकै दोस्रो शान्त मुलुक भएको प्रतिवेदन सार्वजनिक गरेको हो ।
प्रतिवेदनमा दक्षिण एसियाका सात मुलुकहरुमध्ये नेपाललाई दोस्रो शान्त मुलुक भनिएको छ ।
दक्षिण एसियाको पहिलो शान्त मुलुक भुटान हो भने सबैभन्दा धेरै अशान्त मुलुक अफगानिस्तान भएको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै विश्वव्यापी श्रेणीमा भुटान १९ औं स्थानमा रहेको छ भने नेपाल ७३ औं स्थानमा छ ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।