काठमाडौं । संसारमा केही यस्ता मानिसहरु छन् जो चर्चामा आउनका लागि जे पनि गर्न तयार हुन्छन् । आफ्नो त्यही इच्छाका कारण उनीहरुलाई विश्वव्यापी पहिचान प्राप्त हुन्छ । आज हामी ५ जना यस्तै मानिसहरुका बारेमा बताउँदछौँ जसले आफ्नो अनौठो क्षमता तथा कार्यका कारण गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा आफ्नो नाम दर्ज गराए ।
१) संसारकै लामो दाह्रीजुँगाः भारतका राम सिंह चौहान संसारकै सबैभन्दा लामो दाह्रीजुँगा भएका व्यक्ति हुन् । भारतको राजस्थानका सिंहको दाह्रीजुँगाको लम्बाई १४ फिट छ । उनले पछिल्लो ३९ वर्षदेखि आफ्नो दाह्रीजुँगा काटेका छैनन् ।
२) संसारकै होँची महिलाः ज्योती अमगे विश्वकै सबैभन्दा होँची महिला हुन् । उनले आफ्नो १८ औँ जन्मोत्सवका दिन सन् २०११ मै गिनिज बुकमा आफ्नो नाम लेखाएकी थिइन् । भारतको नागपुरकी ज्योतिको सरीरको उचाइँ केवल २४.७ इन्च छ ।
३) संसारकै सबैभन्दा लामो कपाल भएकी किशोरीः भारतको गुजरातकी निलांशी पटेलले सन् २०१९ मै विश्वमा सबैभन्दा लामो कपाल भएकी किशोरीको कीर्तिमान कायम गरेकी हुन् । उनको कपाल १९० सेन्टिमिटर लामो छ ।
४) सबैभन्दा लामा नङः अमेरिकाकी क्रिस वाल्टनका हातका औँलाका नङ संसारकै सबैभन्दा लामा नङ हुन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डस्का अनुसार उनको हातका सबै औँलाको नङको लम्बाइ जोड्दा १० फिट २ इन्च हुन्छ । उनले पछिल्लो झण्डै २० वर्षदेखि आफ्नो नङ काटेकी छैनिन् ।
५) आफ्नो आँखाका गेडा बाहिर निकालेर पनि एकजना महिलाले विश्व रेकर्ड कायम गरेकी छिन् । अमेरिकाको शिकागोमा बस्ने किम गुडम्यान नामकी ती महिलाले आफ्ना आँखालाई सामान्य स्थानबाट ११ मिलिमिटर सम्म बाहिर निकाल्न सक्दछिन् ।
एजेन्सी
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।