पछिल्लो २४ घन्टामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याेसँगै हालसम्म मुलुकभर कोरोना संक्रमण हुनेको संख्या २ लाख ७४ हजार ६५ जना पुगेको छ । यस्तै आज ४८ जना संक्रमित मुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्या २ लाख ७० हजार ३ सय २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार, २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । याेसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ७३ जनाको मृत्यु भएको छ ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।