• ग्लोबल बिशेष
  • समाचार
  • समाज
  • बिचार
  • सम्पदा संस्कृति
  • राजनीति
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • रोचक
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
  • प्रवास
  • NRNA
  • Lions Club International
  • Hami Nepali Global
आज:  | Sat, 23, Sep, 2023
  • मुख्य समाचार
  • ब्रेकिङ न्यूज
  • समाचार
    • स्थानीय
    • बागमती प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
    • प्रदेश नं. १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अर्थ
    • अर्थ: अन्तर्वार्ता
    • बैंक/बिमा
    • शेयर मार्केट
    • कर्पोरेट
    • बजारमा नयाँ
  • मनोरंजन
    • फिल्मी मनोरंजन
    • मोडल/सेलिब्रिटी
    • संगीत
    • गासिप
    • हलिउड/बलिउड
  • NRNA
  • Lions Clubs International
  • गोकर्णेश्वर नगरपालिका विशेष
  • अन्य
    • बिचार
    • कृषि
    • अन्तरवार्ता
    • प्रवास
    • राजनीति
    • खेलकुद
    • पत्र पत्रीकाबाट
    • फोटाे फिचर
FLASH NEWS
  • १गोकर्णेश्वर नगरपालिकामा विपत व्यवस्थापन सम्बन्धि ३ दिने तालिम सुरु
  • २विद्यालय बन्द गरी काठमाडौंमा शिक्षकको विरोध प्रदर्शन (फोटो फिचर)
  • ३आज ऋषि पञ्चमी पर्व मनाइँदै (फोटोफिचर)
  • ४गोकर्णेश्वरमा कुशे औँसी (फोटोफिचर)
  • ५एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
  • ६मेयर दीपक रिसाललाई स्वास्थ्यखबर हेल्थ अवार्ड प्रदान
  • ७नेपाल मेला महोत्सव संघको राष्ट्र्यि भेला भाद्र ७ र ८ गते चन्द्रागिरीमा हुने
  • ८अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै
होमपेज / प्रवास

कोरोनाबाट विदेशमा थप तीन नेपालीको मृत्यु

ग्लोबल अनलाईन खबर १७८ पाठक संख्या February 28, 2021 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं । कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप तीन नेपालीको निधन भएको छ ।गैरआवासीय नेपाली सङ्घकाअनुसार यो साता यूएईमा दुई र पोर्चुगलमा एक जनाको सङ्क्रमणबाट निधन भएको हो । योसहित २१ देशमा कोरोना सङ्क्रमणले निधन हुने नेपालीको सङ्ख्या ३ सय ३९ जना पुगेको छ ।

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिकाअनुसार शनिबार साँझसम्म विभिन्न ५३ देशमा रहेका ६२ हजार ४ सय १ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ६० हजार १ सय २४ कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

सङ्क्रमणमुक्त हुने दर ९६ दशमलव तीन प्रतिशत रहेको गैरआवासीय नेपाली सङ्घ, ‘कोभिड–१९’ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले बताए ।

सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाकाअनुसार पोर्चुगल, फ्रान्स, युएई, साउदी अरब र कतारमा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । यो साता इटाली, युक्रेनका नेपालीमा पहिलो पटक सङ्क्रमण देखिएको हो ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा दुई हजार ६१ को निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ७४ हजार ६५ रहेकामा दुई लाख ७० हजार ३ सय २५ जना अर्थात ९८ दशमलव छ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

खोप लगाएपछि के हुन्छ

स्वास्थ्य समितिमा आबद्ध स्वास्थ्यकर्मीले विश्वमा हाल परीक्षणपश्चात् आएका विभिन्न खोप प्रयोगमा आएको छोटो समय भएको र खोप लगाएपछि यसबाट सुरक्षित हुने निश्चित समय एवं समग्र प्रभावकारिताका विषयमा अध्ययन अझै जारी नै रहेकोले खोप लगाएपश्चात कति समयसम्म शरीरमा एन्टिबडी रहन्छ भन्नेबारे यकिनरूपमा बताउन नसकिने बताएका छन् ।

खोप लगाइसकेकामा विशेषतः तीन सातापछि एन्टिबडी विकास भएको पाइएको छ तर सबै व्यक्तिमा उस्तै किसिमले एन्टिबडी विकास नहुन पनि सक्छ । हाल खोप कम्पनी एवं वैज्ञानिककाअनुसार खोपको दुवै मात्रा लगाएपछि शरीरमा प्राकृतिक एन्टिबडी विकास भई पाँचदेखि छ महिना वा एक वर्षैसम्म पनि एन्टिबडी रहिरहन्छ ।

यद्यपि यसबारे पनि अनुसन्धान जारी छ । साधारणतया खोपको पहिलो डोज लगाएपछि एन्टिबडी विकास हुन थाल्ने र दोस्रो डोज पछि सो स्वतः बढ्दै जाने स्वास्थ्य विज्ञ बताउँछन् ।

शरीरमा एन्टिबडी बनेपछि मेमोरी सेलले निकै लामो समयसम्म कोरोना भाइरसलाई पहिचान गर्ने तथा त्यस्तो भाइरस शरीरमा आएमा एन्टिबडी सक्रिय भएर भाइरसलाई नष्ट गर्ने गर्छ । एकपटक कोरोना सङ्क्रमण भइसकेका मानिसमा त्यसैले पनि सङ्क्रमणको सम्भावना कम हुनसक्छ किनकी उनीहरुमा प्राकृतिक एन्टिबडी विकास भइसकेको हुन्छ तर कति समयसम्म सो एन्टिबडी शरीरमा रहन्छ, यो भने अनुसन्धानको क्रममै रहेको छ ।

त्यसैले स्वास्थ्य समितिले एकपटक सङ्क्रमण भइसकेका र खोप लगाएकाले पनि स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने जनाएको छ । कोभिडको खोप लगाएपछि मृत्यु हुन्छ, दीर्घकालीन असर हुन्छ, यो खोपले डिएनएलाई असर वा नष्ट गर्छ, प्रजनन क्षमता ह्रास हुन्छलगायतका विभिन्न भ्रम फैलिएका छन् ।

यी सबै गलत भएको स्वास्थ्य समितिले जनाएको छ । खोप लगाएकामध्ये केही मानिसमा ज्वरो आउने, जाडो हुने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, मांसपेशी वा शरीर दुख्ने, टाउको दुख्ने, स्वाद र गन्ध हराउने, स्वर भासिने, रुघा लाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने, पखाला हुने समस्या देखिन सक्छ तर गम्भीर समस्या देखिएका घटना न्यून छन् ।

पहिलो मात्रा खोप लगाएका व्यक्तिले चार हप्तामा दोस्रो मात्रा लगाउनुपर्छ । दोस्रो मात्रा तीन हप्तादेखि १२ हप्ताको समयमा लगाउन मिल्ने बताइएको छ । दीर्घ रोगीले पनि खोप लगाउन सकिन्छ तर रगत पातलो बनाउने औषधि खाइरहेका, स्नायुसम्बन्धी औषधि सेवन गरेका, गर्भवती, स्तनपान गरिरहेकालाई भने खोपको सिफारिस नगरिने गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका संयोजक सापकोटाले बताए । लामो परीक्षणपछि ल्याइएकाले पनि यी खोप सुरक्षित रहेको स्वास्थ्य विज्ञहरुले उल्लेख गरेका छन् ।

सम्बन्धित पोस्ट
  • गोकर्णेश्वर ९ मा स्तन र पाठेघरको मुखक क्यान्सरको निःशुल्क परिक्षण शिविर हुने
  • गोकर्णेश्वर नगरपालिका र नेपाल अपांग संघ-नेपाल अर्थोपेडिक अस्पतालबीच सम्झौता, (पत्रसहित)
  • गोकर्णेश्वर नगरपालिका र शंखरापुर अस्पताल बीच सम्झौता
  • नेपालको स्वास्थ्य क्षेत्रमा बेलायतको सहयोग जारी रहन्छ : स्वास्थ्य राज्यमन्त्री क्वीन्स
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट
  • १

    गोकर्णेश्वर नगरपालिकामा विपत व्यवस्थापन सम्बन्धि ३ दिने तालिम सुरु
    १ दिन अघि

  • २

    विद्यालय बन्द गरी काठमाडौंमा शिक्षकको विरोध प्रदर्शन (फोटो फिचर)
    १ दिन अघि

  • ३

    आज ऋषि पञ्चमी पर्व मनाइँदै (फोटोफिचर)
    ४ दिन अघि

  • ४

    गोकर्णेश्वरमा कुशे औँसी (फोटोफिचर)
    १ हफ्ता अघि

  • ५

    नेशनल प्याब्सन काठमाडौँ सचिवमा राजन श्रेष्ठको उम्मेदवारी
    १ हफ्ता अघि

  • ६

    एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
    १ हफ्ता अघि

  • ७

    मेयर दीपक रिसाललाई स्वास्थ्यखबर हेल्थ अवार्ड प्रदान
    २ हफ्ता अघि

  • ८

    नेशनल प्याब्सन काठमाडौं सह कोषाध्यक्षमा मोहन अधिकारीको उम्मेदवारी
    २ हफ्ता अघि

  • ९

    नवनिर्वाचित सभापतिद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण
    ३ हफ्ता अघि

  • १०

    संसदीय समितिको अर्थ समितिको सभापतिमा सन्तोष चालिसे
    ३ हफ्ता अघि

  • ११

    संसदीय समितिमा उम्मेदवारी दर्ता, कसको उम्मेदवारी कहाँ ?
    ३ हफ्ता अघि

  • १२

    सुरु भयो नेपाल मेला महोत्सव संघको राष्ट्रिय भेला
    ४ हफ्ता अघि

  • १३

    गोकर्णेश्वर ९ मा स्तन र पाठेघरको मुखक क्यान्सरको निःशुल्क परिक्षण शिविर हुने
    १ महिना अघि

  • १४

    नेपाल मेला महोत्सव संघको राष्ट्र्यि भेला भाद्र ७ र ८ गते चन्द्रागिरीमा हुने
    १ महिना अघि

  • १५

    नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं. ३ (२) प्रदेश सम्मेलन भदौ २ गते हुने
    १ महिना अघि

  • १६

    अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै
    १ महिना अघि

  • १७

    ह्रिेन्जेन दोर्जे स्मृति प्रतिष्ठान साधारण सभा तथा तेस्रो अधिबेशन सम्पन्न
    १ महिना अघि

  • १८

    सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीकै संलग्नता हुनसक्छ: शेखर कोईराला
    १ महिना अघि

  • १९

    निसानले ‘सामूहिक लोक नृत्य प्रतियोगिता गर्ने
    १ महिना अघि

  • २०

    राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)
    १ महिना अघि

  • ग्लोबल अनलाईन खबर नेपाली भाषाको  अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै,  ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।

     

                            Contact
    Gokarneshwor ,8,Kathmandu,Nepal
    Reg : 307169/079/080
    E-mail : [email protected]
                             Team 
    • Chairman : M.S. Tamang
    • Editor : S. Lama
    • Photographer : M.Shrestha
    • Camera : I.Tamang
    © 2023: Global Online Khabar मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन |सम्पर्क |हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑