१५ फागुन, काठमाडौं । रश लाईट मिडिया प्रा.लि.ले आज विश्व रेकर्डमा नाम लेखाउन सफल हुनु भएका शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर सहित नेपालका ख्यातिप्राप्त कलाकारहरुलाई सम्मानित गरेको छ ।
आज काठमाडौं बालाजु स्थित अष्ट नारायण हलमा आयोजित कार्यक्रममा बहालवाला मन्त्रीको रुपमा एकल गायनमा विश्व कीर्तिमान कायम गरी विश्व रेकर्डमा नाम लेखाउन सफल हुनु भएका राज्यमन्त्री मानन्धरलाई सम्मान गरेको हो ।
यसैगरी कार्यक्रमका प्रमुख अतिथी राज्यमन्त्री मानन्धरले कलाकार दीपक राज गिरि, कलाकार दीपा श्री निरौला, नायिका सञ्चिता लुइँटेल, गायिका देविका बन्दना, गायक जेम्स प्रधान, गायक शिव लामिछाने, फेसन कोरियोग्राफर जयन सुब्बा मानन्धर, क्यान एजुकेशन फाउन्डेसन, व्यवसायि तथा समाजसेवी (एनआरए÷यु एस) श्याम लामा, समाजसेवी (एनआरए÷क्यानडा) सम्झना लामा र वरिष्ठ सौन्दर्यकर्मी सोनी करान्जित , स्वीमर टिसा शाक्य , समाजसेवी, पत्रकार लगायतलाई सम्मान गरिएको थियो ।
सांगीतिक तथा साँस्कृतिक कार्यक्रम सहित आयोजना गरिएको भव्य कार्यक्रममा राज्यमन्त्री मानन्धरले विभिन्न लोकप्रिय नेपाली गीतहरु गाउनु भएको थियो भनें विभिन्न कलाकारहरुले आफ्ना प्रस्तुति राखेका थिए । कार्यक्रममा रमिता भण्डारीले चरिया नृत्य प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा बाल कलाकार आभा तुलाधर, कारोके ग्रुप, गायक सोहन मानन्धर, हिपहप डान्स ग्रुप द जङ्कीज, निशान्त गौचन, गायक ताराराम मुनानकर्मि, सारङ्गि वादक रुबिन बर्मा, कार्यक्रम संयोजक अजय तुलाधर आदिको विशेष प्रस्तुति रहेको थियो ।
देश विदेशमा सांगीतिक तथा साँस्कृतिक कार्यक्रम आयोजना गर्दै आईरहेको रश लाईट मिडियाले एक दशक यता नेपाली कलासंस्कृति, भाषा, चलचित्र, सांगितिक तथा मोडलिङका कार्यक्रमहरु गर्दै आएको छ । यस संस्थाले शिक्षाविहिन बालबालिका तथा भुकम्पपिडित, बाढीपिडितहरुका लागि राहतका कार्यक्रमहरु सफलतापूर्वक आयोजना गरिसकेको छ । गत वर्ष २०१९ मा नेपालमा आयोजना गरिएको दक्षिण एशियाली खेलकुदको भव्य कार्यक्रममा यस संस्थाले कला संस्कृतिको प्रवद्धर्नका लागि प्रस्तुति दिएको थियो । यस संस्थाले क्यानडा, थाईल्याण्ड, मलेसिया, सिंगापुर, दुबई, हङकङ जस्ता देशहरुमा दर्जनौं कार्यक्रमहरु सफल रुपमा आयोजना गरिसकेको छ ।
मंचमा रश लाइट मिडियाका अध्यक्ष रमिता भण्डारीले आफ्नो मन्तब्य राख्दै सबैलाई धन्यवाद दिनु भयो।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।