• ग्लोबल बिशेष
  • समाचार
  • समाज
  • बिचार
  • सम्पदा संस्कृति
  • राजनीति
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • रोचक
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
  • प्रवास
  • NRNA
  • Lions Club International
  • Hami Nepali Global
आज:  | Wed, 04, Oct, 2023
  • मुख्य समाचार
  • ब्रेकिङ न्यूज
  • समाचार
    • स्थानीय
    • बागमती प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
    • प्रदेश नं. १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अर्थ
    • अर्थ: अन्तर्वार्ता
    • बैंक/बिमा
    • शेयर मार्केट
    • कर्पोरेट
    • बजारमा नयाँ
  • मनोरंजन
    • फिल्मी मनोरंजन
    • मोडल/सेलिब्रिटी
    • संगीत
    • गासिप
    • हलिउड/बलिउड
  • NRNA
  • Lions Clubs International
  • गोकर्णेश्वर नगरपालिका विशेष
  • अन्य
    • बिचार
    • कृषि
    • अन्तरवार्ता
    • प्रवास
    • राजनीति
    • खेलकुद
    • पत्र पत्रीकाबाट
    • फोटाे फिचर
FLASH NEWS
  • १समृद्धिको एक आयाम सरसफाई
  • २ज्येष्ठ नागरिकलाई लौरो वितरण
  • ३चिनारी बचत तथा ऋण सहकारी संस्थाकाे १५औं वार्षिक साधारण सभा सम्पन्न
  • ४गोकर्णेश्वर नगरपालिकामा विपत व्यवस्थापन सम्बन्धि ३ दिने तालिम सुरु
  • ५विद्यालय बन्द गरी काठमाडौंमा शिक्षकको विरोध प्रदर्शन (फोटो फिचर)
  • ६आज ऋषि पञ्चमी पर्व मनाइँदै (फोटोफिचर)
  • ७गोकर्णेश्वरमा कुशे औँसी (फोटोफिचर)
  • ८एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
होमपेज / राजनीति

राजनीतिलाई सही मार्गमा डोर्‍याउन जनताको साथ चाहिन्छ : नेता सिंह

ग्लोबल अनलाईन खबर ३०४ पाठक संख्या February 27, 2021 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको राजनीति ठीक नभई अरु क्षेत्र नसुध्रने भएकाले राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ हुनुपर्ने बताएका छन् ।

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रालिको नवौँ वार्षिकोत्सवका अवसरमा आज राजधानीमा आयोजित चिकित्सक एवं सञ्चारकर्मीको सम्मान र ‘स्वास्थ्य दर्पण विशेष–४’ विमोचन समारोहलाई सम्बोधन गर्दै उनले आर्थिक परिवर्तन नभई राजनीतिक परिवर्तनले स्थिरता नपाउने बताए । “स्थिरता र समृद्धिको जति भाषण गरे पनि तीन वर्षमा उल्लेख्य काम हुन सकेन, यो बीचमा ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनमा नेपाल बढी भ्रष्टाचार हुने देशमा सूचीकृत भयो”, पूर्व उपप्रधानमन्त्री समेत रहिसकेका नेता सिंहले भने ।

पूर्व सांसद रामहरि खतिवडाले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेर संविधानको बाटोमा हिँडाएपछि ढिलो छिटो जनमतमै जानुपर्ने बताए । गण्डकी प्रदेशसभा सदस्य विष्णुप्रसाद लामिछानेले शिक्षा र स्वास्थ्यजस्ता मौलिक हकका विषयमा राज्यले सबै जिम्मेवारी लिनुपर्ने बताए । चिकित्सकले ढुक्कसँग काम गर्ने वातावरण सरकारले बनाउनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीले निर्धक्कसँग काम गर्ने अवस्था अझै हुन नसकेको बताए । सहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्रका पूर्व निर्देशक प्राडा. पुकारचन्द्र श्रेष्ठले चिकित्सकले रातदिन दुःख गरे पनि जस पाउने अवस्था नरहेको बताए ।

नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने काला कानुन अझै संसदीय समितिमा विचाराधीन रहेकाले त्यसविरुद्ध सञ्चारकर्मी एकजुट हुनुपर्ने बताए । कोभिडका कारण पेशाबाट विस्थापित भएका पत्रकारलाई पुनः काम गर्ने वातावरण बनाउन राज्यले पनि सहयोग गर्नुपर्ने उनको माग थियो ।

चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जका डिन डा. दिव्या सिंहले आधारभूत आवश्यकता पूरा गर्न पनि चिकित्सकको शुल्क समायोजन हुनुपर्ने बताइन् । कलेज अफ मास कम्युनिकेसन एण्ड जर्नालिज्मका प्राचार्य डा मञ्जु मिश्रले स्वास्थ्यकर्मीको सुरक्षाका लागि कानून बनाउन आवश्यक रहेको बताइन् ।

कार्यक्रममा मिडिया प्रालिका अध्यक्ष सन्दीपकुमार श्रेष्ठले झापाबाट कर्णालीसम्मका ५ सय चिकित्सा क्षेत्रका व्यक्तित्वलाई हालसम्म सम्मान गरिएको बताए । सो अवसरमा मिर्गौला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्ले, डा इश्वरी लौडारी, स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष रामप्रसाद न्यौपाने, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ, नेवाः पत्रकार राष्ट्रिय दबुका अध्यक्ष सुरजवीर बज्राचार्य, नेपाल टेलिभिजनका पत्रकार गजुरधन राई, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद्का सदस्य अर्जुनकुमार श्रेष्ठलगायतले चिकित्सकलाई सुरक्षाका लागि कानून निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

चिकित्सक र पत्रकार सम्मानित
स्वास्थ्य क्षेत्रमा योगदान दिएवापत प्रदेश नम्बर १ बाट वरिष्ठ न्यूरोलोजिष्ट डा वीरेन्द्रकुमार विष्ट, प्रदेश नम्बर २ बाट स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा लक्ष्मी थापा, बागमती प्रदेशबाट वरिष्ठ रेडियोलोजिष्ट डा पशुपति रेग्मी र वरिष्ठ अर्थोपेडिक सर्जन डा सुदीपमान वैद्य, गण्डकी प्रदेशबाट वरिष्ठ फिजिसियन डा वसन्तकुमार ताम्राकार, लुम्बिनी प्रदेशबाट वरिष्ठ अर्थोपेडिक सर्जन डा प्रकाशबहादुर थापा, कर्णाली प्रदेशबाट वरिष्ठ रेडियोलोजिष्ट डा रविन खड्का र सुदूरपश्चिम प्रदेशबाट वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा खगेन्द्रराज भट्टलाई सम्मान गरिएको थियो ।

यसैगरी युवा चिकित्सक मुटुरोग विशेषज्ञ डा शङ्कर लौडारी, फिजिसियन डा निरजकुमार सिंह, जनरल ल्याप्रोस्कोपी सर्जन डा सूर्यज्योति श्रेष्ठ, स्वीस नागरिक रुथ गोरगेज र नवलपुर जिल्लाका स्वास्थ्यकर्मी हरिकुमार शाहीलाई पनि कार्यक्रममा नेता सिंहले सम्मान गरेका थिए । कोभिड–१९ व्यवस्थापनमा उल्लेखनीय काम गरेका लुम्बिनी प्रदेश बाँके जिल्लाको खजुरा गाउँपालिका र वाग्मती प्रदेश चितवन जिल्लाको इच्छाकामना गाउँपालिकालाई पनि सो अवसरमा संस्थागत सम्मान गरिएको थियो ।

कार्यक्रममा स्वास्थ्य पत्रकारितामा उल्लेखनीय योगदान गर्ने पोखरा टेलिभिजनका सुरज श्रेष्ठ, नेपाल समाचारपत्रका भगवती तिमल्सिना, रेडियो सगरमाथाका सम्झना महर्जन, गोरखापत्र दैनिकका सरोज ढुङ्गेल, अन्नपूर्ण पोष्ट दैनिकका दिनेश गौतम, इ–कान्तिपुर डटकमका बुनु थारू र हेल्थन्यूज डटकमका नमराज भट्टलाई पनि सम्मान गरिएको थियो । रासस

सम्बन्धित पोस्ट
  • नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं. ३ (२) प्रदेश सम्मेलन भदौ २ गते हुने
  • सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीकै संलग्नता हुनसक्छ: शेखर कोईराला
  • माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने
  • माओवादी केन्द्रीय समिति बैठकमा बाबुराम भट्टराईको दस्तावेज (पूर्णपाठसहित)
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट
  • १

    समृद्धिको एक आयाम सरसफाई
    २ दिन अघि

  • २

    गोकर्णेश्वर मन्दिर परिसरमा सरसफाइ
    २ दिन अघि

  • ३

    ज्येष्ठ नागरिकलाई लौरो वितरण
    ३ दिन अघि

  • ४

    काठमाडौंमा आज पनि राहत शिक्षक संघको आन्दोलन प्रदर्शन (तस्वीरहरू)
    ६ दिन अघि

  • ५

    चिनारी बचत तथा ऋण सहकारी संस्थाकाे १५औं वार्षिक साधारण सभा सम्पन्न
    १ हफ्ता अघि

  • ६

    गोकर्णेश्वर नगरपालिकामा विपत व्यवस्थापन सम्बन्धि ३ दिने तालिम सुरु
    १ हफ्ता अघि

  • ७

    विद्यालय बन्द गरी काठमाडौंमा शिक्षकको विरोध प्रदर्शन (फोटो फिचर)
    १ हफ्ता अघि

  • ८

    आज ऋषि पञ्चमी पर्व मनाइँदै (फोटोफिचर)
    २ हफ्ता अघि

  • ९

    गोकर्णेश्वरमा कुशे औँसी (फोटोफिचर)
    २ हफ्ता अघि

  • १०

    नेशनल प्याब्सन काठमाडौँ सचिवमा राजन श्रेष्ठको उम्मेदवारी
    ३ हफ्ता अघि

  • ११

    एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
    ३ हफ्ता अघि

  • १२

    मेयर दीपक रिसाललाई स्वास्थ्यखबर हेल्थ अवार्ड प्रदान
    ३ हफ्ता अघि

  • १३

    नेशनल प्याब्सन काठमाडौं सह कोषाध्यक्षमा मोहन अधिकारीको उम्मेदवारी
    ३ हफ्ता अघि

  • १४

    नवनिर्वाचित सभापतिद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण
    १ महिना अघि

  • १५

    संसदीय समितिको अर्थ समितिको सभापतिमा सन्तोष चालिसे
    १ महिना अघि

  • १६

    संसदीय समितिमा उम्मेदवारी दर्ता, कसको उम्मेदवारी कहाँ ?
    १ महिना अघि

  • १७

    सुरु भयो नेपाल मेला महोत्सव संघको राष्ट्रिय भेला
    १ महिना अघि

  • १८

    गोकर्णेश्वर ९ मा स्तन र पाठेघरको मुखक क्यान्सरको निःशुल्क परिक्षण शिविर हुने
    १ महिना अघि

  • १९

    नेपाल मेला महोत्सव संघको राष्ट्र्यि भेला भाद्र ७ र ८ गते चन्द्रागिरीमा हुने
    १ महिना अघि

  • २०

    नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं. ३ (२) प्रदेश सम्मेलन भदौ २ गते हुने
    १ महिना अघि

  • ग्लोबल अनलाईन खबर नेपाली भाषाको  अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै,  ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।

     

               

    सम्पर्क ठेगाना

    काठमाडौं, नेपाल ।
    दर्ता : ३०७१६९ /०७९/०८०
    E-mail : [email protected]
                          हाम्रो टिम
    • प्रबन्ध निर्देशक: एम. एस. तामाङ
    • प्रमुख व्यवस्थापक: श्याम बहादुर घिसिङ ( तामाङ)
    • प्रधान सम्पादक: एस. लामा
    • सह-सम्पादक :- विश्वास राई
    • भिडियो सम्पादक : क्रिस श्रेष्ठ
    • क्यामेरा प्रमुख : मनिष श्रेष्ठ
    • क्यामेरा : ईश्वर तामाङ
    • लण्डन व्यूरो–  मन्दिप केसी
    • अष्ट्रेलिया व्यूरो- बैकुण्ठ डंगोल
    © 2023: Global Online Khabar मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन |सम्पर्क |हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑