काठमाडौं । आफ्नो दल नेपाल कम्युनिष्ट पार्टीसँग सत्तारुढ दल नेकपाले नाम जुधाएको भन्दे ऋषिराम कट्टेलले सर्वोच्च अदालतमा हालेको मुद्दामा सुनुवाई सकिएको छ । सो मुद्दामा अदालतले फागुन २० गते निर्णय सुनाउने भएको छ ।
सो मुद्दामा न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले विहीबार सुनुवाई सकेको थियो । सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलका अनुसार, सुनुवाई सकिएपछि फागुन २० गते निर्णय सुनाउने तय भएको हो ।
तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । त्यसका विरुद्ध कट्टेलले निर्वाचन आयोगमा उजुरी दिए । निर्वाचन आयोगले २०७५ कात्तिक ९ गते केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपाको पक्षमा निर्णय गरिदिएका थिए ।
त्यस निर्णयविरुद्ध कट्टेलले २०७५ मंसिर २१ गते सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए । सो मुद्दामा निर्वाचन आयोगलाई पनि विपक्षी बनाइएको छ ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।