१३ फागुन, काठमाडौं । नेपालमा सर्वोच्च अदालतको निर्णयलाई स्वागत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग भईरहेको बेला प्रवासी नेपाली एकता मञ्च बेल्जियमले पनि सर्वोच्च अदालतको निर्णयलाई स्वागत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ ।
मञ्चका अध्यक्ष जीत लामा र सचिव रमेश कँडेलबाट जारी गरिएको संयुक्त प्रेस वक्तव्यमा सर्वोच्च अदालतले न्यायप्रतिको विश्वास जगाउँदै, संविधानको रक्षा गरेकोमा अदालत र न्यायमूर्तिहरुलाई धन्यवाद व्यक्त गरिएको छ ।
वक्तव्यमा आम नेपाली जनताको भावना, विधि र तथ्यहरुको आधारमा संविधानको मर्म अनुरुप विघटित प्रतिनिधि सभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गरिएको छ ।
प्रवासी नेपाली एकता मञ्च बेल्जियमले विज्ञप्ति मार्फत् सम्मानित सर्वोच्च अदालतले प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमलाई बदर गर्ने फैसला गरेको प्रति प्रवासी नेपालीहरू खुशी रहेको जनाएको छ ।
+977-9841153865
Address:
Kathmandu , Nepal2020 - 2024 Globalonlinekhabar.com
Designed by: Goji Solution