एजेन्सी- कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा स्पेनिस ला लिगामा बार्सिलोनाले सहज जित हात पारेको छ ।
बुधबार राति भएको खेलमा उपाधि दाबेदार मानिएको बार्सिलोनाले इल्चेलाई ३-० गोलले पराजित गरेको हो ।
घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे । यस्तै जोर्डी अल्बाको नाममा एक गोल रह्यो ।
खेलको ४८औँ र ६८औँ मिनेटमा मेस्सीले गोल गरे । ७३औँ मिनेटमा अल्बाले गोल गर्दै बार्सिलोनालाई ३-० को जित दिलाए ।
जितसँगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ ।बार्सिलोनाले २४ खेलमा ५० अंक जोडेको छ । इल्चे २१ अंकसहित रेलिगेसन जोनमा कायम छ ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।