काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्ष र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच आज भेटवार्ता हुने भएको छ ।
प्रतिनिधिसभा पुनःस्थापनापछिको राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता हुन लागेको हो ।
देशको पछिल्लो राजनीतिक परिस्थितिबारे प्रचण्ड–नेपाल र देउवाबीच फोनवार्ता भइसकेका छन् । शीर्ष नेताहरुबीच भेटेर कुराकानी गर्नेबारेमा छलफल भएको नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले जानकारी दिए ।
प्रतिगमनका पक्षधरसित नभई परिवर्तन र लोतकन्त्रवादी पक्षहरुबीच एक भएर अघि बढ्नका लागि नेताहरुबीच भेटवार्ता हुन लागेको नेता खतिवडाको भनाइ छ ।
काठमाडौंमा आयोजित विजय जुलुसपछि नेताहरुबीच देउवा निवास बुढानिलकण्ठमै भेटवार्ता हुने सम्भावना रहेको छ ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।