काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेलगायतको संलग्नतामा नयाँ टेलिभिजन सञ्चालनमा आउने भएको छ ।
मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी लामिछानेले ‘ग्यालेक्सी फोरके’ टेलिभिजन च्यानल शुभारम्भको घाेषणा गरेका हुन् ।
न्युज २४ टेलिभिजनमा लोकप्रिय कार्यक्रम ‘सिधा कुरा जनतासँग’ सञ्चालन गरेका उनी नयाँ टेलिभिजन खोल्नकै लागि उक्त संस्थाबाट बाहिरिएका थिए ।
टेलिभिजनको अध्यक्षमा डिबी राई रहेका छन् भने उपाध्यक्षमा छबिलाल बञ्जाडे र प्रबन्ध निर्देशकमा स्यमं रवि लामिछाने रहेका छन् ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।