१० फागुन, कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्नुभएकाे छ । प्रधानमन्त्री ओलीले सोमबार औद्योगिक क्षेत्र निर्माणस्थलमा पुगेर शिलान्यास गर्नुभएकाे हाे । पहिलो पटक बजेट विनियोजन भएको २५ वर्षपछि छेला औद्योगिक क्षेत्रको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएकाे हाे । २९३ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाको कार्य शुरू हुने र पछि १ हजार बिघामा विस्तार हुनेछ ।
औद्योगिक क्षेत्रको डीपीआर अनुसार १२४ प्लटमा साना, मझौला र ठूला गरी ११७ वटा उद्योग स्थापना हुनेछन् । जसबाट ३० हजार बढीले रोजगार पाउने छन् ।
+977-9841153865
Address:
Kathmandu , Nepal2020 - 2024 Globalonlinekhabar.com
Designed by: Goji Solution