नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले ढुंगामुढा हान्ने आन्दोलन गर्छु नभनेको स्पष्ट पारेका छन् ।
कञ्चनपुरको दैजीमा आयोजित छेला औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रममा बोल्दै ओलीले लोकतन्त्रलाई सुदृढ पार्न रचनात्मक आन्दोलन गरिने बताए ।
गत शनिवार विराटनगरमा आयोजित जनसभामा ओलीले सर्वाेच्च अदालतबाट संसद पुनःस्थापना भए आन्दोलन गर्ने अभिव्यक्ति दिएका थिए ।
सोमवार दैजीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफूले अन्य पार्टीको जस्तो ढुंगामुढा हान्ने आन्दोलन नगर्ने स्पष्ट पारेका हुन् ।
प्रतिनिधिसभा विघटनपछि देश चुनावतिर गइसकेको बताउँदै ओलीले सबै नेता कार्यकर्तालाई चुनावको तयारीमा लाग्न निर्देशन दिए ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।