१० फागुन, काठमाडौं । नेपाल प्रहरीले न्युरोडको ताम्राकार कम्प्लेक्सबाट मोबाइलसहित ७ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-२ न्युरोडस्थित ताम्राकार कम्प्लेक्स तथा सोही ठाउँ पाकोस्थित मोबाइल पसलहरुबाट विभिन्न कम्पनीका १ सय ७७ थान बिल तथा श्रोत नखुलेको मोबाइल सहित ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
बिना बिलको राजश्व छलीका मोबाइलहरु बिक्री गरिरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त मोबाइलहरु फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।