एजेन्सी- फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) मोनाकोसँग पराजित भएको छ ।
आइतबार राति भएको खेलमा उपाधि दाबेदार मानिएको पीएसजी मोनाकोसँग २-० गोलले पराजित भएको हो ।
मोनाकोले पीएसजीलाई उसैको मैदानमा हराएको हो । मोनाकोलाई जित दिलाउन सोफियाने डिओप र गुइलेर्मो मारिपानले एक एक गोल गरे ।
जितसँगै मोनाको २६ खेलमा ५२ अंकसहित लिगको चौथो स्थानमा उक्लिएको छ । ५४ अंक जोडेको पीएसजी तेस्रो स्थानमा छ ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।