• ग्लोबल बिशेष
  • समाचार
  • समाज
  • बिचार
  • सम्पदा संस्कृति
  • राजनीति
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • रोचक
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
  • प्रवास
  • NRNA
  • Lions Club International
  • Hami Nepali Global
आज:  | Sat, 23, Sep, 2023
  • मुख्य समाचार
  • ब्रेकिङ न्यूज
  • समाचार
    • स्थानीय
    • बागमती प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
    • प्रदेश नं. १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अर्थ
    • अर्थ: अन्तर्वार्ता
    • बैंक/बिमा
    • शेयर मार्केट
    • कर्पोरेट
    • बजारमा नयाँ
  • मनोरंजन
    • फिल्मी मनोरंजन
    • मोडल/सेलिब्रिटी
    • संगीत
    • गासिप
    • हलिउड/बलिउड
  • NRNA
  • Lions Clubs International
  • गोकर्णेश्वर नगरपालिका विशेष
  • अन्य
    • बिचार
    • कृषि
    • अन्तरवार्ता
    • प्रवास
    • राजनीति
    • खेलकुद
    • पत्र पत्रीकाबाट
    • फोटाे फिचर
FLASH NEWS
  • १गोकर्णेश्वर नगरपालिकामा विपत व्यवस्थापन सम्बन्धि ३ दिने तालिम सुरु
  • २विद्यालय बन्द गरी काठमाडौंमा शिक्षकको विरोध प्रदर्शन (फोटो फिचर)
  • ३आज ऋषि पञ्चमी पर्व मनाइँदै (फोटोफिचर)
  • ४गोकर्णेश्वरमा कुशे औँसी (फोटोफिचर)
  • ५एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
  • ६मेयर दीपक रिसाललाई स्वास्थ्यखबर हेल्थ अवार्ड प्रदान
  • ७नेपाल मेला महोत्सव संघको राष्ट्र्यि भेला भाद्र ७ र ८ गते चन्द्रागिरीमा हुने
  • ८अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै
होमपेज / समाचार

गुणस्तरीय शिक्षामा सबैको अधिकार अपरिहार्य : पूर्वसञ्चार मन्त्री बस्नेत

ग्लोबल अनलाईन खबर ११७ पाठक संख्या February 21, 2021 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेतले गुणस्तरीय शिक्षामा सबैको अधिकार हुनुपर्ने बताउनुभएको छ ।

चामुण्डा माध्यमिक विद्यालय पूर्वविद्यार्थी मञ्चले आज विद्यालय भवन जोरपाटीमा गरेको सम्मान कार्यक्रममा उहाँले शिक्षामा गरिएको लगानी कहिल्यै खेर नजाने धारणा राख्नुभयो ।

शैक्षिक सङ्घ संस्थाले अतिरिक्त क्रियाकलापलाई पनि उच्च प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुहुँदै पूर्वमन्त्री बस्नेतले औपचारिक शिक्षाले मात्र जीवन पूर्ण नहुने बताउनुभयो । समाजसेवामा लाग्न अभिप्रेरित गर्दै उहाँले अरुलाई सेवा गरे बापत प्राप्त हुने आनन्द सबैभन्दा महत्वपूर्ण भएको धारणा राख्नुभयो ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले शैक्षिक विकासमा नगरपालिकाले उदाहरणीय काम गरिरहेको बताउनुभयो । नगरपालिकाका शैक्षिक संस्थालाई आगामी दिनमा अझ सशक्त बनाइने उहाँले बताउनुभयो ।

चामुण्डा माध्यमिक विद्यालय पूर्वविद्यार्थी मञ्चका अध्यक्ष कुमारराज सुवेदीले संस्कारसहितको शिक्षा आजको आवश्यकता हो भन्दै मञ्चले गर्दै आएका सिर्जनात्मक कामका बारेमा जानकारी गराउनुभयो । कार्यक्रममा चामुण्डा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपकसिंह भण्डारी, चामुण्डा माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक गुणराम आचार्य, जोरपाटी गाविसका पूर्वअध्यक्ष गोपाल बराललगायतले समुन्नत समाज निर्माणमा शिक्षाको भूमिका बारे चर्चा गर्नुभयो ।

सोही अवसरमा पूर्वमन्त्री बस्नेतले चामुण्डाका पूर्वविद्यार्थीसमेत रहनुभएका समता स्कुलका सञ्चालक उत्तम सञ्जेललाई सम्मान गर्नुभयो । विगतमा सोही विद्यालयमा शिक्षक शिक्षिकाको भूमिकामा रहनुभएका कोषबहादुर जिसी, शिला बस्नेत, निर्मल ढकाल र देवी ढुंगानालाई पनि कार्यक्रममा सम्मान गरियो ।

यसैबीच मञ्चको आजै सम्पन्न पहिलो साधारणसभाले कुमारराज सुवेदीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । मञ्चको उपाध्यक्षद्वयमा क्रमश ः रत्नमान लामा ‘आँशु’ र नवराज पुडासैनी ‘ज्योत्सना’ रहनुभएको छ । सचिवमा बच्चुराम शर्मा कुइँकेल, कोषाध्यक्षमा लक्ष्मी शाह र सहसचिवमा प्रविण घिमिरे रहनुभएको छ । सदस्यहरूमा डा सोमबहादुर धिमाल, डा राजु पौडेल, कुमार पौडेल, रमेश रिजाल, गीता शाह, संगीता ठकुरी र केदार नेपाल चयन हुनुभएको छ । २०२४ सालमा स्थापित चामुण्डा मावि मुलुकको उत्कृष्ट सामुदायिक विद्यालयमध्ये एक मानिन्छ ।

सम्बन्धित पोस्ट
  • गोकर्णेश्वर नगरपालिकामा विपत व्यवस्थापन सम्बन्धि ३ दिने तालिम सुरु
  • विद्यालय बन्द गरी काठमाडौंमा शिक्षकको विरोध प्रदर्शन (फोटो फिचर)
  • आज ऋषि पञ्चमी पर्व मनाइँदै (फोटोफिचर)
  • गोकर्णेश्वरमा कुशे औँसी (फोटोफिचर)
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट
  • १

    गोकर्णेश्वर नगरपालिकामा विपत व्यवस्थापन सम्बन्धि ३ दिने तालिम सुरु
    २ दिन अघि

  • २

    विद्यालय बन्द गरी काठमाडौंमा शिक्षकको विरोध प्रदर्शन (फोटो फिचर)
    २ दिन अघि

  • ३

    आज ऋषि पञ्चमी पर्व मनाइँदै (फोटोफिचर)
    ४ दिन अघि

  • ४

    गोकर्णेश्वरमा कुशे औँसी (फोटोफिचर)
    १ हफ्ता अघि

  • ५

    नेशनल प्याब्सन काठमाडौँ सचिवमा राजन श्रेष्ठको उम्मेदवारी
    १ हफ्ता अघि

  • ६

    एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
    १ हफ्ता अघि

  • ७

    मेयर दीपक रिसाललाई स्वास्थ्यखबर हेल्थ अवार्ड प्रदान
    २ हफ्ता अघि

  • ८

    नेशनल प्याब्सन काठमाडौं सह कोषाध्यक्षमा मोहन अधिकारीको उम्मेदवारी
    २ हफ्ता अघि

  • ९

    नवनिर्वाचित सभापतिद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण
    ३ हफ्ता अघि

  • १०

    संसदीय समितिको अर्थ समितिको सभापतिमा सन्तोष चालिसे
    ३ हफ्ता अघि

  • ११

    संसदीय समितिमा उम्मेदवारी दर्ता, कसको उम्मेदवारी कहाँ ?
    ३ हफ्ता अघि

  • १२

    सुरु भयो नेपाल मेला महोत्सव संघको राष्ट्रिय भेला
    ४ हफ्ता अघि

  • १३

    गोकर्णेश्वर ९ मा स्तन र पाठेघरको मुखक क्यान्सरको निःशुल्क परिक्षण शिविर हुने
    १ महिना अघि

  • १४

    नेपाल मेला महोत्सव संघको राष्ट्र्यि भेला भाद्र ७ र ८ गते चन्द्रागिरीमा हुने
    १ महिना अघि

  • १५

    नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं. ३ (२) प्रदेश सम्मेलन भदौ २ गते हुने
    १ महिना अघि

  • १६

    अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै
    १ महिना अघि

  • १७

    ह्रिेन्जेन दोर्जे स्मृति प्रतिष्ठान साधारण सभा तथा तेस्रो अधिबेशन सम्पन्न
    १ महिना अघि

  • १८

    सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीकै संलग्नता हुनसक्छ: शेखर कोईराला
    १ महिना अघि

  • १९

    निसानले ‘सामूहिक लोक नृत्य प्रतियोगिता गर्ने
    १ महिना अघि

  • २०

    राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)
    १ महिना अघि

  • ग्लोबल अनलाईन खबर नेपाली भाषाको  अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै,  ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।

     

                            Contact
    Gokarneshwor ,8,Kathmandu,Nepal
    Reg : 307169/079/080
    E-mail : [email protected]
                             Team 
    • Chairman : M.S. Tamang
    • Editor : S. Lama
    • Photographer : M.Shrestha
    • Camera : I.Tamang
    © 2023: Global Online Khabar मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन |सम्पर्क |हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑