२४ माघ २०७७ ।
कागेश्वरी मनोहरा नगरपालिकामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रमको कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाले उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा नगर प्रमुख थापाले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्तालाई व्यवस्थित बनाउन यस कार्यक्रमले महत्वपूर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभएको थियो ।
नगर प्रमुख थापाले नगरबासीलाई सरल, सहज र प्रभावकारी रुपले नगरपालिकाले सेवा प्रवाह गरिरहेको बताउदै नगरलाई स्वच्छ, सफा र हराभरा बनाउने गरी कार्य भैरहेको पनि बताउनुभएको थियो ।
कार्यक्रमको समापन कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख बिन्दु पुडासैनी सिम्खडाले गर्नुभएको थियो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रशासन शाखा प्रमुख सीता अधिकारी, लेखा अधिकृत बालकृष्ण दाहाल लगायत नगरपालिका सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी शाखा, नगरपालिकाका विभिन्न वडाका वडा सचिवहरु र नगरपालिकामा कार्यरत सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता संग सम्बन्धीत कर्मचारीहरुको सहभागिता रहेको थियो ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।