• ग्लोबल बिशेष
  • समाचार
  • समाज
  • बिचार
  • सम्पदा संस्कृति
  • राजनीति
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • रोचक
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
  • प्रवास
  • NRNA
  • Lions Club International
  • Hami Nepali Global
आज:  | Sat, 23, Sep, 2023
  • मुख्य समाचार
  • ब्रेकिङ न्यूज
  • समाचार
    • स्थानीय
    • बागमती प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
    • प्रदेश नं. १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अर्थ
    • अर्थ: अन्तर्वार्ता
    • बैंक/बिमा
    • शेयर मार्केट
    • कर्पोरेट
    • बजारमा नयाँ
  • मनोरंजन
    • फिल्मी मनोरंजन
    • मोडल/सेलिब्रिटी
    • संगीत
    • गासिप
    • हलिउड/बलिउड
  • NRNA
  • Lions Clubs International
  • गोकर्णेश्वर नगरपालिका विशेष
  • अन्य
    • बिचार
    • कृषि
    • अन्तरवार्ता
    • प्रवास
    • राजनीति
    • खेलकुद
    • पत्र पत्रीकाबाट
    • फोटाे फिचर
FLASH NEWS
  • १गोकर्णेश्वर नगरपालिकामा विपत व्यवस्थापन सम्बन्धि ३ दिने तालिम सुरु
  • २विद्यालय बन्द गरी काठमाडौंमा शिक्षकको विरोध प्रदर्शन (फोटो फिचर)
  • ३आज ऋषि पञ्चमी पर्व मनाइँदै (फोटोफिचर)
  • ४गोकर्णेश्वरमा कुशे औँसी (फोटोफिचर)
  • ५एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
  • ६मेयर दीपक रिसाललाई स्वास्थ्यखबर हेल्थ अवार्ड प्रदान
  • ७नेपाल मेला महोत्सव संघको राष्ट्र्यि भेला भाद्र ७ र ८ गते चन्द्रागिरीमा हुने
  • ८अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै
होमपेज / NRNA

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट लिमिटेडमा आचार्य र थापा निर्वाचित

ग्लोबल अनलाईन खबर ३३७ पाठक संख्या February 20, 2021 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको आठौं वार्षिक साधारणसभाले बेलायतलाई कर्मथलो बनाएका सफल व्यवसायी कुल आचार्य तथा अफ्रिकी मुलुक नाइजेरियालाई कर्म थलो बनाएका लगानीकर्ता तथा वरिष्ठ प्रवन्धक हिक्मत थापालाई संचालक समिति सदस्य पदमा सर्वसम्मतरूपमा चयन गरेको छ।
आचार्य गैर आवासीय नेपाली संघका केन्द्रिय सल्लाहकार हुन् भने थापा संघका पूर्व केन्द्रिय कोषाध्यक्ष हुन्। आइतबार होटेल आकामामा सम्पन्न बार्षिक साधारणसभाले आगामी चार वर्षका लागि संचालकको रुपमा शेयरधनीहरु मध्येबाट जीवनाथ ९जीवा० लामिछाने, शेष घले, महेश श्रेष्ठ र कृष्ण पाण्डेलाई पुनः निर्वाचित गरेको थियो।
जीवा लामिछाने र शेष घले एनआरएनएका पूर्व अध्यक्ष हुन् भने महेश श्रेष्ठ संघका वर्तमान कोषाध्यक्ष हुन्। त्यस्तै कृष्ण पाण्डे हंगकंग स्थित व्यवसायी हुन्। साधारणसभाले सर्वसाधारण शेयरधनीहरु मध्येबाट अम्बिका पौड्याल, डा। भरत थापा तथा श्रीमती संगीता केसीलाई संचालकको रुपमा निर्वाचित गरेको छ।
जीएनएनसंग कुरा गर्दै नव निर्वाचित संचालक समिति सदस्य कुल आचार्यले नेपालमा एनआरएन लगानी सम्बन्धमा सन् २०१२ जनवरीमा लन्डनमा बसेको पहिलो बैठकको आफुले अध्यक्षता गर्ने अवसर पाएको स्मरण गरे। उनले भने,‘स्थापनाको छोटो अवधिमै यो कम्पनीले महत्वपूर्ण परियोजनाहरु अगाडी बढाएको छ। म संस्थापक तथा सर्वसाधारण लगानीकर्ताहरुको चाहना बमोजिम कम्पनीको पूँजी बढाउने र लगानीको दायरा बढाउने तर्फ प्रयास गर्ने छु।’ उनले राष्ट्र निर्माणमा प्रवासमा बसेका नेपालीहरुले कसरी योगदान पुराउन सक्छन् भन्ने दर्शाउने उद्देश्यले पनि कम्पनीलाई अगाडी बढाउने प्रतिबद्धता जनाए।
अर्का नवनिर्वाचित सदस्य हिक्मत थापाले नेपालमा रोजगारी सिर्जना गर्ने र नेपालको अर्थतन्त्रमा टेवा पुराउने गैरआवासीय नेपाली संघको उद्देश्य भएकाले आगामी दिनमा कृषिजन्य तथा उत्पादनमूलक उद्योगहरुमा लगानी बढाउन आफुले जोड दिने बताए।
“हामीले सफलतापूर्वक आयोजनाहरु सम्पन्न गर्दा त्यसले नेपालमा वैदेशिक लगानी बढाउन पनि मदत पुग्छ,” थापाले भने। अहिले विभिन्न अफ्रिकी मुलुकहरु नै विदेशी लगानी आकर्षित गर्न आपसमा होडबाजी गरिरहेका छन् र लगानीकर्ताहरुलाई कर छुट जस्ता सुविधा दिइरहेका छन्। नेपालले पनि झन्झटिला प्रक्रियाहरुलाई सहज बनाउंदै एकद्वार प्रणालीलाई अरु प्रभावकारी बनाउनु पर्छ।“
उक्त कम्पनीका बेलायतस्थित एकजना संस्थापक लगानीकर्ता पशुपति भण्डारीले ८०० भन्दा बढी गैरआवासीय नेपालीहरु संलग्न रहेको उक्त कम्पनी सामूहिक लगानीको एक सफल उदाहरणको रुपमा स्थापित हुँदै गरेको देख्दा आफुलाई खुसि लागेको बताए।
“अब विश्वभरि छरिएका नेपालीहरुलाई यसै कम्पनी मार्फत नेपालका विभिन्न क्षेत्रमा लगानी गर्न म आह्वान गर्दछु,” भण्डारीले भने। उनले पर्यटन, कृषि, वित्त लगायत लगानीका नयाँ क्षेत्रहरु पहिचान गरी अगाडी बढ्न पनि नयाँ संचालक समितिलाई सुझाव दिए।
विदेशको कमाइ नेपालमा लगानी
विदेशमा ज्ञान र सीपको प्रयोग गरी आर्जन गरी नेपालको उन्नयनमा लगानी गर्न स्थापना गरिएको संस्था हो, एनआरएनआइडीएल अर्थात गैरआवासीय नेपाली पूर्वाधार तथा विकास लिमिटेड ।
कम्पनी ऐन अनुसार विक्रम संवत् २०६३ सालमा (सन् २०१२ सेप्टेम्बर) मा स्थापना भई दर्ता भएको यो कम्पनीले विशेषगरी नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्दै आइरहेको छ । शुरुमा एनआएएन लगानी कम्पनी लिमिटेड रहेकोमा सन् २०१७ फेब्रुअरीमा लगानीको क्षेत्रसमेत विस्तार गरी यस कम्पनीको नामसमेत परिवर्तन गरिएको थियो ।
गैरआवासीय नेपाली संघको पाँचौं विश्व सम्मेलनले पारित गरे अनुसार यस कम्पनीले नेपाल सरकारसँगै नेपालको निजी क्षेत्रको अग्रणी संस्था नेपाल उद्योग वाणिज्य महासंघसँग समेत साझेदारी गरी काम गर्दै आइरहेको छ ।
विदेशमा रहेका नेपालीहरुको सामूहिक लगानीका रुपमा यसले विभिन्न आयोजनाहरुको निर्माणमा हात हालेको छ । यसले लगानीकर्ताहरुका लागि उत्प्रेरकको काम समेत गर्दै आइरहेको छ ।
नेपालमा जलविद्युत उत्पादन क्षेत्रमा सन् २०१३ देखिनै लगानी गर्दै आइरहेको यस कम्पनीले अहिलेसम्म चार वटा जलविद्युत परियोजनामा लगानी गरिसकेको छ । हिमालयन पावर पार्टनर लिमिटेडसँगको सहकार्यमा शुरुमा लगानी गरिएको लमजुङस्थित २७ मेगावाट क्षमताको दोर्दी खोला जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
त्यस्तै सानिमा मध्य तमोर जलविद्युत लिमिटेडसँगको साझेदारीमा ताप्लेजुङस्थित ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत आयोजना, श्वेतगंगा जलविद्युत लिमिटेडसँगको साझेदारीमा रामेछापस्थित २८.१ मेगावाट क्षमताको लिखु जलविद्युत आयोजना र माथिल्लो मैलुनखोला जलविद्युत आयोजनासँगको साझेदारीमा १४।३ मेगावाट क्षमताको रसुवास्थित माथिल्लो मैलुङखोला जलविद्युत आयोजना यस कम्पनीले हालसम्म गरेका लगानीका आयोजना हुन् ।

सम्बन्धित पोस्ट
  • एनआरएनए कतारको अध्यक्षमा भट्ट निर्वाचित
  • एनआरएनए जापानको चुनावमा धादिङका ३ जनाको उम्मेदवारी
  • एनआरएन यूके स्कटल्याण्ड राज्य परिषदको उपाध्यक्षमा कमला श्रेष्ठको चर्चा
  • एनआरएनए अमेरिका पेन्सलभेनियाको अध्यक्षमा जयन्द्र लामा निर्विरोध निर्वाचित
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट
  • १

    गोकर्णेश्वर नगरपालिकामा विपत व्यवस्थापन सम्बन्धि ३ दिने तालिम सुरु
    १ दिन अघि

  • २

    विद्यालय बन्द गरी काठमाडौंमा शिक्षकको विरोध प्रदर्शन (फोटो फिचर)
    १ दिन अघि

  • ३

    आज ऋषि पञ्चमी पर्व मनाइँदै (फोटोफिचर)
    ४ दिन अघि

  • ४

    गोकर्णेश्वरमा कुशे औँसी (फोटोफिचर)
    १ हफ्ता अघि

  • ५

    नेशनल प्याब्सन काठमाडौँ सचिवमा राजन श्रेष्ठको उम्मेदवारी
    १ हफ्ता अघि

  • ६

    एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
    १ हफ्ता अघि

  • ७

    मेयर दीपक रिसाललाई स्वास्थ्यखबर हेल्थ अवार्ड प्रदान
    २ हफ्ता अघि

  • ८

    नेशनल प्याब्सन काठमाडौं सह कोषाध्यक्षमा मोहन अधिकारीको उम्मेदवारी
    २ हफ्ता अघि

  • ९

    नवनिर्वाचित सभापतिद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण
    ३ हफ्ता अघि

  • १०

    संसदीय समितिको अर्थ समितिको सभापतिमा सन्तोष चालिसे
    ३ हफ्ता अघि

  • ११

    संसदीय समितिमा उम्मेदवारी दर्ता, कसको उम्मेदवारी कहाँ ?
    ३ हफ्ता अघि

  • १२

    सुरु भयो नेपाल मेला महोत्सव संघको राष्ट्रिय भेला
    ४ हफ्ता अघि

  • १३

    गोकर्णेश्वर ९ मा स्तन र पाठेघरको मुखक क्यान्सरको निःशुल्क परिक्षण शिविर हुने
    १ महिना अघि

  • १४

    नेपाल मेला महोत्सव संघको राष्ट्र्यि भेला भाद्र ७ र ८ गते चन्द्रागिरीमा हुने
    १ महिना अघि

  • १५

    नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं. ३ (२) प्रदेश सम्मेलन भदौ २ गते हुने
    १ महिना अघि

  • १६

    अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै
    १ महिना अघि

  • १७

    ह्रिेन्जेन दोर्जे स्मृति प्रतिष्ठान साधारण सभा तथा तेस्रो अधिबेशन सम्पन्न
    १ महिना अघि

  • १८

    सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीकै संलग्नता हुनसक्छ: शेखर कोईराला
    १ महिना अघि

  • १९

    निसानले ‘सामूहिक लोक नृत्य प्रतियोगिता गर्ने
    १ महिना अघि

  • २०

    राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)
    १ महिना अघि

  • ग्लोबल अनलाईन खबर नेपाली भाषाको  अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै,  ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।

     

                            Contact
    Gokarneshwor ,8,Kathmandu,Nepal
    Reg : 307169/079/080
    E-mail : [email protected]
                             Team 
    • Chairman : M.S. Tamang
    • Editor : S. Lama
    • Photographer : M.Shrestha
    • Camera : I.Tamang
    © 2023: Global Online Khabar मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन |सम्पर्क |हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑