• ग्लोबल बिशेष
  • समाचार
  • समाज
  • बिचार
  • सम्पदा संस्कृति
  • राजनीति
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • रोचक
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
  • प्रवास
  • NRNA
  • Lions Club International
  • Hami Nepali Global
आज:  | Sat, 23, Sep, 2023
  • मुख्य समाचार
  • ब्रेकिङ न्यूज
  • समाचार
    • स्थानीय
    • बागमती प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
    • प्रदेश नं. १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अर्थ
    • अर्थ: अन्तर्वार्ता
    • बैंक/बिमा
    • शेयर मार्केट
    • कर्पोरेट
    • बजारमा नयाँ
  • मनोरंजन
    • फिल्मी मनोरंजन
    • मोडल/सेलिब्रिटी
    • संगीत
    • गासिप
    • हलिउड/बलिउड
  • NRNA
  • Lions Clubs International
  • गोकर्णेश्वर नगरपालिका विशेष
  • अन्य
    • बिचार
    • कृषि
    • अन्तरवार्ता
    • प्रवास
    • राजनीति
    • खेलकुद
    • पत्र पत्रीकाबाट
    • फोटाे फिचर
FLASH NEWS
  • १गोकर्णेश्वर नगरपालिकामा विपत व्यवस्थापन सम्बन्धि ३ दिने तालिम सुरु
  • २विद्यालय बन्द गरी काठमाडौंमा शिक्षकको विरोध प्रदर्शन (फोटो फिचर)
  • ३आज ऋषि पञ्चमी पर्व मनाइँदै (फोटोफिचर)
  • ४गोकर्णेश्वरमा कुशे औँसी (फोटोफिचर)
  • ५एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
  • ६मेयर दीपक रिसाललाई स्वास्थ्यखबर हेल्थ अवार्ड प्रदान
  • ७नेपाल मेला महोत्सव संघको राष्ट्र्यि भेला भाद्र ७ र ८ गते चन्द्रागिरीमा हुने
  • ८अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै
होमपेज / NRNA

एनआरएनए उद्धार कोषमा व्यापक अनियमितताको आरोप, प्रभावित क्षेत्रका पदाधिकारी नै बेखबर

ग्लोबल अनलाईन खबर १२१ पाठक संख्या February 20, 2021 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं । गैरआवासीय नेपाली संघले अप्ठेरोमा परेका मध्य पूर्वका केही राष्ट्रमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको उद्धारका लागि अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सहयोगमा स्थापना गरेको उद्धार कोषको व्यापक दुरुपयोग भएको आरोप लागेको छ ।
प्रभावित देशहरुमा रहेका गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी तथा सदस्य तथा सम्बन्धित देशका राष्ट्रिय समन्वय परिषद्लाई समेत जानकारी नदिई कोषको रकम खर्च भइरहेको खुलासा भएको छ । कोषको दुरुपयोगका बारेमा आफूहरुलाई कुनै जानकारी नभएको र पीडितले सहयोग पाएकोबारे पनि कुनै जानकारी नगराइएको भन्दै एनआरएनए मध्यपूर्व संयोजक प्रवीण गुरुङ र उपसंयोजक मनोज गोरखालीले संघका अध्यक्ष कुमार पन्तसहित अन्तर्राष्ट्रिय परिषदको ध्यानाकर्षण गराएका छन् ।
युएई, साउदी अरब, कतार, बहराईन, कुवेत, ओमान र एशिया क्षेत्रको राष्ट्र मलेशियामा अप्ठ्यारोमा परेको नेपाली श्रमिकहरुको उद्धारको निम्ति अन्तर्राष्ट्रिय श्रम संगठनबाट प्राप्त दश करोड रुपैयाँको सहयोगमा उद्धार कोष स्थापना गरिएको हो । यो कोषको नेतृत्व संघका उपाध्यक्ष डा. बद्री केसीले गरेका छन् । नेपाली जनसम्पर्क समिति, दुबईका अध्यक्ष भुवानीप्रसाद तिमिल्सिनाले सामाजिक सञ्जाल फेसबुकमा अनियमितता भएको भन्दै छानबिनका लागि मागसहित उल्लेख गरेपछि यो विषय सार्वजनिक भएको हो । गैरआवासीय नेपाली संघको काठमाडौंस्थित कार्यालयमा कार्यरत कर्मचारीहरु प्रयोग गरेर कोषको दुरुपयोग गरिएको तिमिल्सिनाले उल्लेख गरेका छन् ।
उनका अनुसार नेपालस्थित कार्यालयका कर्मचारीहरुको काम बिहानै एअरपोर्ट जाने र युएई लगायत कतार र साउदी अरबबाट नेपाल फर्किएका नेपालीहरुलाई भेटी उनीहरुको कागजात लिने र उनीहरुकै नाममा भुक्तानी रसिद बनाउने गरिएको छ । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको कागजातको फोटो खिच्ने र प्रतिव्यक्ति पैतीस हजार उपलब्ध गराइएको फर्जी बिल बनाउने गरिएको पनि उनको दावी छ ।
तिमिल्सिनाले लेखेका छन्, ‘अध्यक्ष कुमार पन्त ज्यू यसको जवाफ दिनु होला ।’ मध्यपूर्व बोल्यो तिमिल्सिनाले सार्वजनिक रुपमा नै अनियमितताको आरोप लगाए पछि संघका मध्यपूर्व संयोजक प्रवीण गुरुङ र उप संयोजक मनोज गोरखालीले त्यसबारे आफूहरुलाई कुनै जानकारी नभएको जनाएका छन् ।
संयोजक गुरुङले आफ्नो विज्ञप्तिमा भनेका छन् , ‘अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरुको मिलेमतोमा स्वदेश फर्किने नेपालीहरुको नाममा आर्थिक चलखेल हुने गरेको कुरा संघको नामसँग जोडिएर सुन्नमा आउनु निकै निन्दनीय छ । उनले यसबारे तत्काल छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न अध्यक्ष पन्तको ध्यानाकर्षण गराएका छन् ।
गुरुङले यसबारेमा आफूसहित यस क्षेत्रमा रहेका कुनै पनि पदाधिकारीहरुलाई अनियमिततााबारे जानकारी नभएको भन्दै समस्यामा परेका व्यक्तिहरुको विवरण संकलनमासमेत आफूहरुसँग कुनै परामर्शसमेत नगरिएको स्पष्ट पारेका छन् । (हेर्नुहोस् गुरुङको वक्तव्य तस्वीरमा) त्यसैगरी उपसंयोजक गोरखालीले पनि विज्ञप्ति जारी गर्दै भनेका छन, “यस सम्बन्धी कुनै पनि कमिटीमा म आफू नरहेको र गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय परिषदको तर्फबाट आइएलओको कुनै पनि पदीय जिम्मावारीमा पनि म आफू नरहेको जानकारी गराउन चाहन्छु।” गोरखालीले संघको कुनै पनि आर्थिक अनियमिता, अपारदर्शी र भ्रष्टाचार जस्तो गंभीर आरोप लागेको राष्ट्रिय समन्वय परिषदहरुमा निष्पक्ष ढंगले छानबिन गरी दोषीउपर कडा भन्दा कडा कारबाहीको माग गरेका छन् । उनले यसबारेमा अध्यक्ष कुमार पन्तको ध्यानाकर्षण गराएका छन् । कोषको दुरुपयोगका बारेमा यसअघि पनि पटक पटक आवाज उठेको थियो । तर, यस विषयमा संघका अध्यक्ष पन्त र उपाध्यक्ष केसीले यसबारेमा आफ्नो धारणा सार्वजनिक गरेका छैनन् ।

सम्बन्धित पोस्ट
  • एनआरएनए कतारको अध्यक्षमा भट्ट निर्वाचित
  • एनआरएनए जापानको चुनावमा धादिङका ३ जनाको उम्मेदवारी
  • एनआरएन यूके स्कटल्याण्ड राज्य परिषदको उपाध्यक्षमा कमला श्रेष्ठको चर्चा
  • एनआरएनए अमेरिका पेन्सलभेनियाको अध्यक्षमा जयन्द्र लामा निर्विरोध निर्वाचित
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट
  • १

    गोकर्णेश्वर नगरपालिकामा विपत व्यवस्थापन सम्बन्धि ३ दिने तालिम सुरु
    १ दिन अघि

  • २

    विद्यालय बन्द गरी काठमाडौंमा शिक्षकको विरोध प्रदर्शन (फोटो फिचर)
    १ दिन अघि

  • ३

    आज ऋषि पञ्चमी पर्व मनाइँदै (फोटोफिचर)
    ४ दिन अघि

  • ४

    गोकर्णेश्वरमा कुशे औँसी (फोटोफिचर)
    १ हफ्ता अघि

  • ५

    नेशनल प्याब्सन काठमाडौँ सचिवमा राजन श्रेष्ठको उम्मेदवारी
    १ हफ्ता अघि

  • ६

    एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
    १ हफ्ता अघि

  • ७

    मेयर दीपक रिसाललाई स्वास्थ्यखबर हेल्थ अवार्ड प्रदान
    २ हफ्ता अघि

  • ८

    नेशनल प्याब्सन काठमाडौं सह कोषाध्यक्षमा मोहन अधिकारीको उम्मेदवारी
    २ हफ्ता अघि

  • ९

    नवनिर्वाचित सभापतिद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण
    ३ हफ्ता अघि

  • १०

    संसदीय समितिको अर्थ समितिको सभापतिमा सन्तोष चालिसे
    ३ हफ्ता अघि

  • ११

    संसदीय समितिमा उम्मेदवारी दर्ता, कसको उम्मेदवारी कहाँ ?
    ३ हफ्ता अघि

  • १२

    सुरु भयो नेपाल मेला महोत्सव संघको राष्ट्रिय भेला
    ४ हफ्ता अघि

  • १३

    गोकर्णेश्वर ९ मा स्तन र पाठेघरको मुखक क्यान्सरको निःशुल्क परिक्षण शिविर हुने
    १ महिना अघि

  • १४

    नेपाल मेला महोत्सव संघको राष्ट्र्यि भेला भाद्र ७ र ८ गते चन्द्रागिरीमा हुने
    १ महिना अघि

  • १५

    नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं. ३ (२) प्रदेश सम्मेलन भदौ २ गते हुने
    १ महिना अघि

  • १६

    अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै
    १ महिना अघि

  • १७

    ह्रिेन्जेन दोर्जे स्मृति प्रतिष्ठान साधारण सभा तथा तेस्रो अधिबेशन सम्पन्न
    १ महिना अघि

  • १८

    सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीकै संलग्नता हुनसक्छ: शेखर कोईराला
    १ महिना अघि

  • १९

    निसानले ‘सामूहिक लोक नृत्य प्रतियोगिता गर्ने
    १ महिना अघि

  • २०

    राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)
    १ महिना अघि

  • ग्लोबल अनलाईन खबर नेपाली भाषाको  अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै,  ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।

     

                            Contact
    Gokarneshwor ,8,Kathmandu,Nepal
    Reg : 307169/079/080
    E-mail : [email protected]
                             Team 
    • Chairman : M.S. Tamang
    • Editor : S. Lama
    • Photographer : M.Shrestha
    • Camera : I.Tamang
    © 2023: Global Online Khabar मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन |सम्पर्क |हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑